भारतको मुम्बईमा ७ किलो अवैध युरेनियम बरामद ! पाकिस्तानद्वारा अनुसन्धान गर्न माग !!

भारतको मुम्बईमा ७ किलो अवैध युरेनियम बरामद ! पाकिस्तानद्वारा अनुसन्धान गर्न माग !!

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७८

एजेन्सी। मुम्बईमा बराबमद भएको ७ किलो अवैध युरेनियमलाई लिएर पाकिस्तानले चिन्ता प्रकट गरेको छ ।

पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता जाहिद हाफिज चौधरीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतमा एक अनाधिकृत व्यक्तिबाट ७ किलो अवैध युरेनियम बरामद भएको विषयले हामीलाई चिन्तित बनाएको छ । अनाधिकृत रुपमा यति ठूलो परिमाणमा युरेनियम कसरी बाहिर आयो भन्ने विषयमा गम्भीरतापूर्वक जाँच हुनुपर्छ ।’

महाराष्ट्रको विशेष सुरक्षा दस्ता (एटीएस) ले ७ किलोग्राम युरेनियमसहित २ जनालाई पक्राउ गरेको थियो । एटीएसका डीआईजी शिवदिप लान्डेले पक्राउ गरेका दुवै युवक जिगर पाण्ड्या र अबु ताहिर युरेनियम बेच्ने कोशिसमा थिए । सोही क्रममा ग्राहक बनेर उनीहरुलाई सुरक्षा फौजले पक्राउ गरेको हो।

दुई युवकबाट बरामद भएको युरेनियमको मुल्य २० करोडभन्दा बढी पर्ने समाचरमा उल्लेख छ ।