कोलकाताको लगातार छैठौं हार, राजस्थानसँग तीन विकेटले पराजित

कोलकाताको लगातार छैठौं हार, राजस्थानसँग तीन विकेटले पराजित
राजस्थान रोयल्सका जोफ्रा आर्चर र रियान पराग । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १३, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले लगातार छैठौं खेलमा पराजित भएको छ ।

बिहीबार राती भएको खेलमा राजस्थान रोयल्सले कोलकातालाईे ३ विकेटले हरायो । 

जोफ्रा आर्चरले १२ बलमा २७ रन जोडेपछि राजस्थानले ४ बलअगावै सात विकेट गुमाएर जित दर्ता गर्यो । 

पियुस चावलाले २० रन खर्चेर ३ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै, सुनिल नैरनले दुई, प्रसिद कृष्णा र आन्द्रे रसलले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन जोड्यो । कोलकाताका लागि कप्तान दिनेश कार्तिकले अभिजित ९७ रनको पारी खेले ।

राजस्थानका वरुण आरोनले दुई, तथा श्रेयस गोपाल, जयदेव उनादकट र ओसाने थोमसले समान एक विकेट लिए ।