गण्डकीका मुख्यमन्त्रीको राजीनामा: प्रदेश प्रमुखद्वारा तीन दिनभित्र नयाँ सरकार आह्वान (विज्ञप्तीसहित)

गण्डकीका मुख्यमन्त्रीको राजीनामा: प्रदेश प्रमुखद्वारा तीन दिनभित्र नयाँ सरकार आह्वान (विज्ञप्तीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७८

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  २०७८ बैशाख  २६ गते राजीनामा दिएका छन् । आइतबार  नै राजीनामा स्विकृत  गरिएको छ ।  

यसरी दिएकाे राजीनामा स्विकृत गदै अहिलेसम्म गरेको कामका लागि धन्यवाद  प्रदेश  प्रमुख सीताकुमारी पौडेलले दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक  व्यवस्था  रहकाे छ ।