१०१ वर्षीय साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’ : अभिनन्दनका लागि १०१ सदस्यीय समिति गठन

१०१ वर्षीय साहित्यकार  गोपाल वैद्य ‘किञ्जल्क’ : अभिनन्दनका लागि १०१ सदस्यीय  समिति गठन

लोकसंवाद संवाददाता  |  साहित्य  |  बैशाख २७, २०७८

गण्डकी । साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला तथा कोषाध्यक्षमा प्रतिभा प्रधान र सहकोषाध्यक्षमा राइम ढेवाजू रहनुभएको छ ।

साहित्यकार किञ्जल्कको साहित्यिक योगदानको सम्मान गर्दै अभिनन्दन गर्न लागिएको समितिका सचिव कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । समितिमा कास्की, बागलुङ, पर्वत, तनहुँ, गोरखा, चितवन, नवलपुर, रुपन्देही, दाङ र काठमाडौंका साहित्यकार, सङ्घसंस्थाका प्रतिनिधि रहनुभएको छ । बाँस्तोलाका अनुसार समितिले अभिनन्दन ग्रन्थ प्रकाशित गर्ने तथा अनुकूल समयमा साहित्यकार किञ्जल्कको अभिनन्दन गर्नेछ ।

विसं १९७८ जेठ २ मा प्यूठानको खलङ्गामा जन्मनुभएका साहित्यकार किञ्जल्क पोखरा महानगरपालिका­२ भैरवटोल निवासी हुनुहुन्छ । पुख्र्यौली घर बागलुङ भएका उहाँको परिवार २०१५ सालदेखि पोखरामा बसेको हो । आयुर्वेदमा स्नातक गरेका उहाँ पोखरामा ‘बागलुङे वैद्य’ भनेर परिचित हुनुहुन्छ । उहाँले पोखरा भैरवटोलस्थित निवास भैषज्य सदनमा केही वर्ष अघिसम्म औषधालय सञ्चालन गर्नुभएको थियो । 

नेपाली र संस्कृत भाषामा सिद्धहस्त साहित्यकार किञ्जल्कको पहिलो रचना संस्कृतको किञ्चल्क कणिका २०४० सालमा गोरखापत्रमा प्रकाशित भएको थियो । उहाँका हिमाद्री महिमा (संस्कृत, २०६१) बद्री केदार दर्शन (पद्यात्मक, २०५४), नीतिशतकम् (पद्यात्मक, २०५४) कृति प्रकाशित छन् । त्यस्तै उहाँका सम्पादित तथा अनुवादित कृतिहरू चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम्  (पद्यानुभाव, २०५६), विष्णुसहस्त्रनाम (पद्यानुभाव, २०५८), सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छरण (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याष्टक, उपमन्युकृत शिवस्तोत्रहरुको पद्यानुभाव (२०६१) प्रकाशित छन् ।

साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला तथा कोषाध्यक्षमा प्रतिभा प्रधान र सहकोषाध्यक्षमा राइम ढेवाजू रहनुभएको छ ।

साहित्यकार किञ्जल्कको साहित्यिक योगदानको सम्मान गर्दै अभिनन्दन गर्न लागिएको समितिका सचिव कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । समितिमा कास्की, बागलुङ, पर्वत, तनहुँ, गोरखा, चितवन, नवलपुर, रुपन्देही, दाङ र काठमाडौंका साहित्यकार, सङ्घसंस्थाका प्रतिनिधि रहनुभएको छ । बाँस्तोलाका अनुसार समितिले अभिनन्दन ग्रन्थ प्रकाशित गर्ने तथा अनुकूल समयमा साहित्यकार किञ्जल्कको अभिनन्दन गर्नेछ ।

विसं १९७८ जेठ २ मा प्यूठानको खलङ्गामा जन्मनुभएका साहित्यकार किञ्जल्क पोखरा महानगरपालिका­२ भैरवटोल निवासी हुनुहुन्छ । पुख्र्यौली घर बागलुङ भएका उहाँको परिवार २०१५ सालदेखि पोखरामा बसेको हो । आयुर्वेदमा स्नातक गरेका उहाँ पोखरामा ‘बागलुङे वैद्य’ भनेर परिचित हुनुहुन्छ । उहाँले पोखरा भैरवटोलस्थित निवास भैषज्य सदनमा केही वर्ष अघिसम्म औषधालय सञ्चालन गर्नुभएको थियो । 

नेपाली र संस्कृत भाषामा सिद्धहस्त साहित्यकार किञ्जल्कको पहिलो रचना संस्कृतको किञ्चल्क कणिका २०४० सालमा गोरखापत्रमा प्रकाशित भएको थियो । उहाँका हिमाद्री महिमा (संस्कृत, २०६१) बद्री केदार दर्शन (पद्यात्मक, २०५४), नीतिशतकम् (पद्यात्मक, २०५४) कृति प्रकाशित छन् । त्यस्तै उहाँका सम्पादित तथा अनुवादित कृतिहरू चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम्  (पद्यानुभाव, २०५६), विष्णुसहस्त्रनाम (पद्यानुभाव, २०५८) सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छरण (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याष्टक, उपमन्युकृत शिवस्तोत्रहरुको पद्यानुभाव (२०६१) प्रकाशित छन् ।