विश्वासको मत लिन प्रधानमन्त्री असफल ! पक्षमा ९३ मत, बिरुद्धमा १२४ मत !!

विश्वासको मत लिन प्रधानमन्त्री असफल ! पक्षमा ९३ मत,  बिरुद्धमा १२४ मत !!

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट  विश्वासको मत प्राप्त असफल हुनु भएको छ ।

२०७८ बैशाख २७ गते सोमबार सभामुख अग्नि सापकोटाले घोषणा गरेको मत परिणाम अनुसार २३२ जना सांसदले मतदान गरेकोमा विश्वासको मत पक्षमा ९३ मत र विरुद्धमा १२४ मत प्राप्त भएको तियो भने १५ मत तटस्थ रहेका  थिए ।  विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

 तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरू बैठकमा अनुपस्थित नै  भएका थिएनन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

जसपाको महन्त ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरू भने तटस्थ बसेका छन् ।