संसदमा अनुपस्थित हुने निर्णय 'देश, जनाता पार्टी प्रतिकाे निष्ठा द्योतक' ! (विज्ञप्तिसहित)

संसदमा अनुपस्थित हुने निर्णय 'देश, जनाता पार्टी प्रतिकाे निष्ठा द्योतक' ! (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७८

काठमाडौँ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको विशेष अधिवेशनमा अनुपस्थित समूहका नेता  नेता तथा भूतपूर्व प्रधानमन्त्री  माधवकुमार नेपालले एक प्रेस विज्ञप्ति जारी गरी  प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत दिन उचित नभएकाले  २०७८ वैशाख २७ गते सोमबारको बैठकमा अनुपस्थित भएको प्रस्टीकरण दिएका छन् ।

सोमबार साँझै विज्ञप्ति निकाल्दै नेता नेपालले प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधि गरेर राज्यलाई नै कमजोर बनाएको, प्रदेश सरकारलाई सत्ता सङ्घर्षतिर धकेलेको जस्ता कारण देखाउँदै विश्वासको मत दिनु उचित नभएको बताएका हुन ।

 माधव नेपालले  संसदमा अनुपस्थित हुने निर्णय ' देश, जनाता पार्टी प्रतिकाे निष्ठा  द्योतक' भन्दै विज्ञप्तिमा देश जनता र पार्टी प्रति जिम्मेवार भएर सोच्न, देशको संविधान र पार्टीको विद्धानको सम्मान गर्न, विगतका गल्तीहरु सच्याउन, पार्टी एकताका लागि  अगाडि सारिएको  विषयको सम्बोधन गर्न र पार्टी एकता नखलबल्याउन आग्रह गरिएको छ । 

यस्ताे छ विज्ञप्तिको पूर्णपाठ