ट्याक्सी दुर्घटनामा दुईको मृत्यु

ट्याक्सी दुर्घटनामा  दुईको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७८

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा हिजो राति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । ट्याक्सीमा सवार एक महिला घाइते हुनुभएको छ ।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन् । दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको छ ।