युवतीमाथि चक्कु प्रहार गरी लुटपाट

युवतीमाथि चक्कु प्रहार गरी लुटपाट

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७८


काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरी लुटपाट भएको छ । बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गानजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी लुटपाट भएको हो । लुटेराले नगद १ लाख ४ हजार ९ सय ४० रूपैयाँ लुटपाट गरेर लगेको थियो ।

उक्त लुटपाटमा संलग्नताको आशंकामा प्रहरीले कञ्चनपुरको भाँसी घर भई काठमाडौं भंगाल बस्ने ३६ युवकलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।