आशारामका पुत्र दोषी

आशारामका पुत्र दोषी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

गुजरात । भारतका अति विवादस्पद तथा चर्चित गुरु आशारामका छोरा नारायण साईलाई अदालतले दोषी घोषित गरेको छ । 

गुजरातको सूरतस्थित सेशन कोर्टले उनलाई दुष्कर्म मामलामा दोषी रहेको फैसला गरेको छ । अदालतले आउदो ३० अप्रिलका दिन उनलाई सजाय सुनाउने छ ।

४० वर्षीय नारायणलाई प्रहरीले सन् २०१३ डिसेम्बरमा गिरफ्तार गरेको थियो । उनीविरुद्ध गुजरातको सुरत सहरका दुई बालिका दिदीबहिनीलाई दुष्कर्मको आरोप लागेको थियो । 

पिता आशाराम र पुत्र नारायण दुवै थुनामा छन् ।

– एजेन्सीको सहयोगमा