राहुल चढेको हवाइजहाज बिग्रियो

राहुल चढेको हवाइजहाज बिग्रियो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

भारतमा चलिरहेको निर्वाचनको चुनाव प्रचारमा सबै दलका नेता दिनरात खटिएका छन् । कांग्रेस अध्यक्ष राहुल गान्धी पनि भारतभर चुनावी र्यालीमा सहभागिता गर्दैछन् । यस क्रममा आज उनी चढेको हवाइजहाजको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण उनले दिल्ली फर्किनुपर्यो ।

काठमाडौं । कांग्रेस अध्यक्ष राहुल गान्धीले ट्विट गरेर आफू चढेको हवाइजहान दिल्ली फर्कनुपरेको बताएका छन् । 

उनी चुनावी सभाभा भाग लिन पटना गइरहेका थिए । तर, जहाजको इन्जिनमा गडबडी आएका कारण दिल्ली फर्किनुपर्यो । 

राहुल गान्धीको आज बिहान १०स्३० बजे विहारको समस्तीपुरमा एउटा ¥यालीमा सम्बोधन गर्ने कार्यक्रम थियो । आजै उनको उडीसकाको बालासोर र महाराष्ट्रको सेगभनेरमा पनि सम्बोधन गर्ने कार्यक्रम थियो । 

ट्विटमा राहुल गान्धीले क्षमायाचना गर्दै लेखेका छन्, ‘मलाई यहाँको आमसभामा पुग्न ढिलो हुन्छ, यसका लागि म जनसमुदायलाई पर्न गएको असुविधाका लागि क्षमा चाहान्छु ।’ 

– एजेन्सीको सहयोगमा