कपालको कमाई

कपालको कमाई

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६


काठमाडौं, एजेन्सी 

हामीले कपाल कोर्दा झर्ने कपाल तथा काटेका कपाल पनि कमाईको राम्रो स्रोत हो भन्ने थाहा छ तपाईलाई । 

कपालको वार्षिक कारोवार अरबौंको छ । भारत तथा पाकिस्तान यसका प्रमुख निर्यातक देश हुन भने अन्य धेरै विकसित देश यसका बजार हुन् । 

पाकिस्तानको तल्लो सदनमा वाणिज्य कमिटिले दिएको जानकारी अनुसार पाँच वर्षमा उसले कपाल निर्यातबाट ११.४३ करोड रुपैयाँ
आम्दानी गरेको छ । पाकिस्तानको प्रमुख आयातकर्ता देशमा चीन, अमेरीका तथा युएइ रहेका छन् । यी देशहरुको मनोरंजन उद्योगमा कपालको विशेष माग छ । चीनमा कस्मेटिक उद्योग बढेसँगै कपालको माग पनि बढेको हो ।

विश्वमा हरेका वर्ष कपालको कारोवार ५८०० भारतीय रुपैयाँ बराबरको हुने गरेको छ । 

भारतमा कोलकाता तथा चेन्नईमा यसको अधिक माग हुने गरेको छ । त्यहाँबाट प्रशोधन गरेर कपाल चीन पिठाइन्छ । भारतमा कपाल करिब ५०० देखि १००० रुपैयाँमा बिक्री हुने गरेको छ । 

कपाल कोर्दा झरेका आठ इन्च भन्दा लामो कपालको मूल्य सबैभन्दा धेरै छ । यी कपाल ट्रन्सप्लान्ट गर्न र विग बनाउन सजिलो हुन्छ । यसलाई सफा गरेर एक किसिमको रसायनमा राखेर सिधा बनाइन्छ त्यसपछि यसलाई विभिन्न प्रकारका् विग बनाउन उपयोग गरिन्छ । 

तिरुपति मन्दिरले कपाल बेचेर राम्रो आम्दानी गर्ने गरेको छ । सन् २०१४ मा मन्दिरले २२० करोड रुपैयाँ बराबरको कमाई गरेको छ । तिरुपति मन्दिरमा कपाल मुण्डन गर्ने परम्परा छ । 

भारतका केन्द्रिय मन्त्री नितिन गडकरीले कुराकानीको क्रममा एक च्यानललाई बताए कि उनले तिरुपतिबाट दैनिक पाँच ट्रक कपाल किन्ने गरेका छन् । यसको प्रयोग उनले आफ्नो फ्याक्ट्रीमा एमिनो एसिडमा आधारित माइक्रो न्युट्रिएन्ट बनाउनका लागि कपाल खरिद गर्ने गरेका हुन् । यसको प्रयोग कृषिमा हुने गर्छ । 

कपाल बिक्रीबाट गडकरीले वार्षिक १२ देखि १५ करोड कमाई गर्ने गरेको पनि च्यानललाई बताए ।