शुक्रवारको मौसम पहाडी भेगमा मेघ गर्जनसहित सामान्य वर्षा हुने

शुक्रवारको मौसम  पहाडी भेगमा मेघ गर्जनसहित सामान्य वर्षा हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३१, २०७८

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था
हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रवार दिउँसो देशका प्रदेश नं १ र अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशका प्रदेश १ सहित पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहेने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।