कुमार बाबु बस्नेत | दृष्टिकोण | बैशाख ३१, २०७८
भनिन्छ, हजारौँ स-साना जित किन नहोस् । त्यस्तो निर्णायक जित नै वास्तविक जित मान्ने गरिन्छ । चाहे त्यो युद्धमा होस या शान्तिको सन्दर्भमा यही लागु हुने गर्दछ ।
त्यो पनि आफुसँग असहमत तथा विपक्षी धेरैको निन्द्रा हराम गर्दै एक्लै होस या समूहमा विपक्षहरूलाई क्वा-क्वा बनाएर जित निकाल्ने काम इतिहासमा कमै मात्रै पात्रले गर्ने गर्छन् । इतिहासमा धेरै यस्ता पात्रको नाम लिँदा पनि गर्वले छाती फुल्ने गर्छ ।
इतिहास रच्ने जित निकाल्न मुख्य त कुशल, अडिग नेतृत्व र सत्यको मार्ग हिडाइले मात्र प्राप्त हुने कुरा हुन । यस्तै इतिहास लेखाउने काम नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मालाई प्राप्त भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र आफ्नै पार्टी भित्रबाट समेत विश्वासको मत नदिई सरकार ढाल्ने काम हुँदा हुँदै चट्टानि अडानका साथ उभिएर ठुलो दलका हैसियतले ४३ औँ प्रधानमन्त्री नियुक्त भइसक्नु भएको छ । प्रधानमन्त्री नियुक्त हुनु भन्दा पहिला विगत लामो समयदेखि असन्तुष्ट वरिष्ठ नेता माधव नेपालसँग सग्लो एमाले र समृद्ध एमाले बनाउने समझदारी गरेर इमानदार कार्यकर्ता उत्साह भर्ने र भराउने काम गर्नु भएको छ ।
शालीन सहयोगीको कारण नै सम्भव भएको हो । यो सहमति समग्र एमाले जनको जित हो । कतै र कोहीबाट पनि जिम्मेवार नेतृत्व वा पक्षबाट जितको उन्मादमा छचल्किनु जरुरी छैन । त्यो गर्न सुहाउने कुरा पनि होइन । त्यस कारण पनि जितको उन्माद कसैबाट पनि प्रदर्शन गर्नु भनेको इमानदार कार्यकर्ताको भावना माथि खेलबाड गर्नु पनि हो ।अडान भएका नेतृत्व, एकता बद्ध सग्लो एमाले, समृद्ध एमाले कार्यकर्ताको अपेक्षा थियो । त्यही भएको छ ।
यस्तो विषम परिस्थितिमा ठुलो दलाको संसदीय दलेका नेताको हैसियतले प्रधानमन्त्री नियुक्त हुनु र नयाँ सरकारको नेतृत्व गर्नु भनेको चुनौतीका पहाडसँग सामना गर्नु पर्ने हुन्छ । यस बेला सम्पूर्ण ध्यान, स्रोत र साधन केन्द्रित गर्दै अभाव भएको स्वास्थ्य सामग्री र जनशक्तिमा विश्व समुदाय हात फैलाउँदै काेरना महामारीलाई परास्त गर्न लाग्नु पर्ने अवस्था छ ।
यति सग्लो एमाले भएर चुनौतीको सामना गर्ने बेला हो । किन कि यो बेला देश कोभिड १९ को चपेटमा पिल्सिरहेको अवस्था छ । आम जनता आफ्नै आँखा अगाडि आफ्नो परिवारको सदस्य एक पछि गुमाएको टुलुटुलु हेर्न विवश र बाध्य छ । यो महामारीबाट कहिले मुक्त हुने भन्ने कुनै ठेगान छैन । अस्पतालमा अक्सिजन छैन ! बेड छैन ! काहीँ सदगदको लागि दाउरा छैन त काहीँ सबै परिवारको सदस्य सङ्क्रमित भइरहेका छन् । कतिसम्म भने सङ्क्रमित आफन्तहरूको परिवारको लास लिएर आफ्नो विधि अनुसार संस्कार गर्न पाइरहेको छैन । कति पयको त जलाई दिने अर्थात् सदगद गर्ने आफन्त समेत छैनन्।
यस्तो विषम परिस्थितिमा ठुलो दलाको संसदीय दलेका नेताको हैसियतले प्रधानमन्त्री नियुक्त हुनु र नयाँ सरकारको नेतृत्व गर्नु भनेको चुनौतीका पहाडसँग सामना गर्नु पर्ने हुन्छ । यस बेला सम्पूर्ण ध्यान, स्रोत र साधन केन्द्रित गर्दै अभाव भएको स्वास्थ्य सामग्री र जनशक्तिमा विश्व समुदाय हात फैलाउँदै काेरना महामारीलाई परास्त गर्न लाग्नु पर्ने अवस्था छ ।
सबै सग्लो एमाले आफ्ना भातृ सङ्घ/सङ्गठनहरूलाई व्यापक रुपमा परिचालन गरेर जनताको आशु रोक्नै पर्छ।एक पटकलाई राजनीतिक लडाइँ तर्फ भन्दा पनि अब जनताको समस्याको अर्को सामाजिक लडाइँ जित्न ध्यान केन्द्रित गरिनु पर्छ । यो महामारीलाई परास्त गरेर नागरिकको सुरक्षा गरेपछि मात्र विजयोल्लास मनाउन योग्य हुने नै ।
किन कि एउटा राजनीतिक पार्टी र कर्मीको लागि जनता र जनता वास्तविक समस्या हातेमालो गरेर उनीहरूलाई खुसी पार्नु जिम्मेवार र दायित्व भने हेक्का राख्न जरुरी छ । विश्व नै महामारीमा लडिरहेको बेला भाग्ने वा बहाना बाजि गर्ने वा चास्न खोज्ने कुनै छुट सरकारलाई छैन । यो महामारीको समय प्रत्येक सेकेन्ड पनि अत्यन्तै मूल्यवान् भएको कुरा ख्याल राख्न जरुरी छ ।
करिब ३करोड जनताले अब सत्ताको लडाइँ हेर्न र देख्न चाहिरहेका छैनन् । महामारीका विरुद्ध लड्न सरकारले केही गर्ला कि भोर टुलुटुलु आँखा भरी आँसुका साथ गरिएको आसालाई किमार्थ निराशामा बदल्न दिनु हुँदैन । यदि त्यो निराशामा साँच्चिकै बदलियो भने जनताको खुसी सङै राजनीति गर्ने राजनीतिक कर्मी को सब थोक खस्छ भन्ने ख्याल गर्न जरुरी । त्यति मात्र होइन त्यसको मूल्य अत्यन्तै महँगो पर्ने छ । रामे र कालेको द्वन्द्वले वा राम र लक्ष्मणको वा राम र रावणको कारण भन्न पाइने छैन । समयमा सचेत बन्नु पर्ने अवस्था छ ।
अन्त्यमा नेपालको ४३औ प्रधानमन्त्रीमा पुनः नियुक्त हुनु भएकोमा नेकपा(एमाले)का अध्यक्ष,संसदीय दलका नेता केपी शर्मा ओलीलाई राजनीतिक महामारीमा जित हासिल गरे जस्तै कोरोना महामारीलाई परास्त गर्ने नेतृत्वमा पनि सफलता मिलाेस हार्दिक बधाई तथा शुभकामना ।