प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ

प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३१, २०७८

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को ९३० बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा ९एमाले० संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी हुनुभएको थियो ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि  समयावधिमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायत दल असफल भएका थिए । 

प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।