दाजुलाई मन्त्रीका २३ योजना

दाजुलाई मन्त्रीका २३ योजना

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७६

जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् । यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको हो ।

विभिन्न शीर्षकका ती योजना ५ लाखदेखि १ करोड रुपैयाँसम्मका छन्। कान्तिपुरलाई प्राप्त मन्त्रालयको चौमासिक विभाजन फारममा २३ वटै योजना सिफारिसकर्तामा मन्त्री यादव र कैफियतमा सम्पर्कव्यक्ति भनी श्यामनन्दनको नाम र मोबाइल नम्बर लेखिएको छ। सबै योजना सिरहा जिल्लाकै हुन्।

यसमा सुखीपुर नगरपालिका, सिलर्वापदवारीको इतहादु आधारभूत विद्यालयका लागि ७ लाख, औरही गाउँपालिकाको खजनपुर पिपरामा जनता आधारभूत विद्यालयका लागि २५ लाख, जनता मावि बरियारपटीको ८ कोठे भवन, कम्प्युटर ल्याब र पर्खाल निर्माणका लागि १ करोड र बरियारपटी-४ मा सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँका योजना छन्। आजको कान्‍तिपुर दैनिकमा खबर छ ।