वालखोलामा ३० वर्षीय पुरुषको शव फेला

वालखोलामा ३० वर्षीय पुरुषको शव फेला

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २, २०७८

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ । खोलामा  घोप्टो परेर अनुहार पानीमा डुबेका अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीआँैला र चोरीआँैलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि काठमाडाँै मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताउनुभयो । घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप  भन्न सकिने बताउनुभयो ।