जापानको होक्काइडोमा भूकम्प

जापानको होक्काइडोमा भूकम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ २, २०७८

एजेन्सी । जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ । 

जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो । 

भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ ।