आफ्नै भविष्य खोज्दै मौसम भविष्यवाणी

आफ्नै भविष्य खोज्दै मौसम भविष्यवाणी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७६

काठमाडौँ  । गएको चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ । 

त्यस घटना टोर्नाडो हो वा हावाहुरी भन्ने खुट्याउन नेपाली वैज्ञानिकलाई केही दिन लाग्यो । त्यसपछि नेपालको मौसम पूर्वानुमानको स्तरबारे चर्चा सुरु भयो ।  केही वर्ष पहिलेसम्म मौसमको जानकारी पाउन सर्वसाधारण धेरैले आकाशतिर आँखा लगाउँथे तर हिजोआज मोबाइल एप्सतिर धेरैको आँखा जान्छ । हवाइ उडान, कृषि, स्वास्थ्य सेवादेखि आमा मानिसका दैनिकीमा मौसमी सूचना महत्वपूर्ण मानिन्छ । नेपालमा सर्वसाधारणलाई मौसमबारे जानकारी दिन थालेको ५० वर्ष पूरा भए पनि प्रविधि र जनशक्तिका हिसाबले हामी निकै पछाडि रहेको जानकारी सार्वजनिक हुँदै छ ।

छिमेकी मुलुक आफ्ना विकास कार्यक्रमका लागि एक वर्ष अघि नै मौसमको पूर्वानुमान गर्न सक्षम भइसक्दा पनि नेपाल अझै जनशक्ति र प्रविधिका हिसाबले पुरातन र चुनौतीपूर्ण अबस्थामा रहेको नेपाली मौसमविद्हरू बताउँछन् । यो समाचार आजको गाेरखापत्र दैनिकमा प्रकाशित छ ।