स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव

स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ३, २०७८

काठमाडौं । निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने बताउनुभयो ।  । अमेरिकासँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने  समेत बताउनुभएको थियो ।


यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने  बताउनुभयो । उहाँले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिनुभयो  ।

प्रधानमन्त्री ओलीले अक्सिजनको आपूर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेपछि कोरोना संक्रमितको उपचाका लागि निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताउए । अक्सिजनको आवश्यकता पुर्ति गर्नका लागि जीटूजीमार्फत् आयात गर्नुपर्नेमा उनले जोड दिनुभयो ।

होम आइशोलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोवाइल टिम बनाउनुपर्ने बताउनुभयो । चेम्बरले ३०० थान अक्सिजन सिलिण्डर मगाएको र तीन चार दिनभित्र सरकारी अस्पताललाई दिइने बताउनुभयो ।

यो समाचारकारोबार दैनिकमा छ ।