विश्वभर १६ करोड ३७ लाखमा संक्रमण, १४ करोड २१ लाखले जिते कोरोना

विश्वभर १६ करोड ३७ लाखमा संक्रमण, १४ करोड २१ लाखले जिते कोरोना

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ ३, २०७८

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ४३७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख २९ हजार ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

हालसम्म विश्वभर १६ करोड ३७ लाख  १ हजार २१० मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड २१ लाख ४९ हजार ९९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आइतवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ९२ हजार ८०१ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार एक जनाको ज्यान गएको छ । १ लाख १० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ५५ हजार २० जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख ३९ हजार ७५६ जना संक्रमित निको भइसकेका छन् ।