उद्योग वाणिज्य सङ्घद्वारा निःशुल्क कोभिड एम्बुलेन्स

उद्योग वाणिज्य सङ्घद्वारा निःशुल्क कोभिड एम्बुलेन्स

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ४, २०७८

जुम्ला । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गरेको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “निजी गाडी मासिक भाडा तिर्ने गरी कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ । पहिलो चरणमा एक महिनाको लागि सञ्चालनमा ल्याएका छौँ ।” सङ्क्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गरिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष अलिमनियारले बताउनुभयो ।  

कोभिड एम्बुलेन्सको व्यवस्था गरेको विषयमा सङ्घले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई जानकारी गरेको अध्यक्ष मनियारले भन्नुभयो, “कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । सङ्घको हलमा आइसोलेशन बनाउने निर्णय पनि भएको छ । आइसोेलेशन कक्ष सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रहसमेत गरिएको उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ । 

देशमा दोस्रो लहरको कोरोना महामारीको समयमा सबैले सामूहिक भावनाका रुपमा काम गरे कोभिड– १९ को सामना गर्ने सकिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष मनियारले बताउनुभयो । एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बरसमेत तोकिएको छ । उद्योग वाणिज्य सङ्घको ल्यान्डलाइन नं ०८७ : ५२००३८ मा फो गर्न सकिनेछ । 

यसैगरी, ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नंमा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ । सम्पर्क व्यक्तिका रुपमा उद्योग वाणिज्य सङ्घको कर्मचारी पारस उपाध्यायलाई उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ ।    प्रतिष्ठानको प्रवक्तामा डा रमेश जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा रमेश भट्टराई नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले डा भट्टराईलाई प्रतिष्ठानको प्रवक्तामा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानको महत्वपूर्ण पद मानिने प्रवक्ताको जिम्मेवारी पाएका डा भट्टराई एनेस्थेसिया एवं क्रिटिकल केयर विशेषज्ञ हुन् । उनी ६ वर्षदेखि जुम्लामै रहेर सेवा पु¥याउँदै आएका छन् । बुटवल घर भएका युवा चिकित्सक डा भट्टराई कर्णालीका दूरदराजमा हुने स्वास्थ्य शिविरहरुमा पनि सक्रिय रहँदै आएका छन् । नवनियुक्त प्रवक्ताको कार्यकाल चार वर्षको हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।