निगमका जहाजले नेपालमा अड्किएका भारतीयलाई साउदी लैजाने

निगमका जहाजले नेपालमा अड्किएका भारतीयलाई साउदी लैजाने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७८

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ ।

यी भारतीय  अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमले सात र  हिमालय एयरलाइन्सले तीन उडान गर्नेछन् ।  

निगमका  प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासका समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीयका हकमा निगमद्वारा उपलब्ध गराइएको टिकटका आधारमा पाँच उडान साउदीको रियाद र दुई दमामका लागि निर्धारण गरेको छ । निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।

निगमले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाउँदै विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । कोभिड–१९ को महामारीको असहज अवस्थामा अहिले दैनिक रुपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री र भारत तथा चीनले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपजस्त राज्यका लागि अतिआवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता गराउनु निगमका लागि महत्वपूर्ण जिम्मेवारी पनि हो ।

निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार ३३५ खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । मे १५ मा ओमनबाट अक्सिजन सिलिण्डर तथा औषधिजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी नेपाल ल्याइएको थियो ।