प्रचण्ड गर्मी र कामविहीन भएर बसेका किसानलाई वर्षाले राहत

प्रचण्ड गर्मी र कामविहीन भएर बसेका किसानलाई वर्षाले राहत

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ६, २०७८

महोत्तरी । उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच आज बिहानैदेखि परेको पानीले राहत भएको छ । कोभिड–१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका यहाँका किसानलाई आजको वर्षाले राहत भएको हो । जिल्लाको सबै भेगमा आज बिहानैदेखि लगातार मन्द वर्षा भइरहेको छ ।

गर्मी घटाउनसँगै खेतबारी खनजोत गर्न आजको वर्षाले प्रशस्त चिस्यान भएपछि किसान दङग छन् । अब बर्खे धान र कोदोको बीउ राख्ने र  भदैया ९भदौरे, भदौमा उत्पादन दिने० तरकारीको बीउ रोप्न अनुकूल भएको किसानको भनाइ छ । पछिल्लो वर्षाले फलपूmल, उखु र प्रचण्ड रापले ओइलिँदै गएका तरकारीका बोट र लहरा लहलहाउने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो खुशी हुँदै बताउनुहुन्छ । चिस्यान राम्रो भएपछि अब प्रचण्ड घामले रुखिएको उखुबारीमा नाइट्रोजन मल ९युरिया० हाल्न सकिने किसान बताउँछन् ।

“हामी आकाश ताक्नेका लागि त अमृत वर्षा नै भएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “वर्षा नहुँदा घरमा धुमधुमती बसेर निषेधाज्ञा काट्न सकस थियो, अब खेतबारीमा काम गर्न पाइने भइयो ।” जिल्लामा गत वैशाख २२ गते जारी निषेधाज्ञाको अवधि जेठ १० सम्मलाई बढाइएको छ ।

जिल्लाभरिकै कूल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकाशे पानीकै भरमा खेती गनुपर्ने अवस्था छ । जिल्लामा करिब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइका कुलो नहर लाग्ने र करिब त्यत्तिमै वैकल्पिक सिँचाइका प्रबन्ध ९इनार पम्पसेट, बोरिङ० जेनतेन पुगेको छ । जिल्लाका ८० प्रतिशत जग्गा अझै आकाशे पानीको भरमा रहेका कृषि ज्ञान केन्द्र जलेश्वरका विज्ञ नै बताउँछन् ।

आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसानलाई  ठिक समयको वर्षा हुँदा सबै कुरा भेट्टाएजस्तो लाग्छ । “हुन त के छ र हाम्रा लागि रु न बजारमा मल, न समयमा बीउबिजन न सुलभ ऋण”, बर्दिबास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहा दिक्दारिँदै भन्नुहुन्छ, “सबै कुरा प्रकृतिकै शरणमा रहेका हामीलाई अहिलेको वर्षाले राहत दिएको हो ।”

पछिल्लो वर्षाले निषेधाज्ञा अवधिमा कुँजिएर बस्नु पर्दाको मानसिक पीडा पनि कम हुने पाका किसान बताउँछन् । “महाव्याधि त्रासले बाहिर निस्कीसक्नु छैन, जताततै महामारीको चपेटाका खबर सुन्दा सुन्दा मन पनि रोगी भएजस्तो थियो”, गौशाला–१२ का ७० वर्षीय किसान लक्ष्मीप्रसाद सिंह भन्नुहुन्छ, “अब त पानी प¥यो, मान्छे खेतबारीमा काम गर्न निस्केपछि मानसिक बोझिलोपन कम हुँदै जानेछ ।”
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ । 

यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल ष्लाय२तयगचष्कm।नयख।लउ वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेल dgca@caannepal.gov.np मनअब२अबबललभउब।िनयख।लउ मा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता मन्त्रालयले जनाएको छ ।     

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ देखि जेठ १७ सम्म अन्तरराष्ट्रिय तथा राष्ट्रिय उडान स्थगन गरेको छ । एयर बबल सम्झौताअन्तर्गत रहेर स्वास्थ्य मापदण्ड पालना हुने गरी काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म सातामा दुई उडान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

यसै क्रममा विभिन्न देशबाट पर्वतारोहण, पर्यटन र  कूटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रुलाई गन्तव्य स्थानमा बहिर्गमन गर्नका लागि भारत, युरोपेली सङ्घ, अमेरिका, रुसलगायत नेपालस्थित राजदूतावासबाट अनुरोध गरिएअनुसार प्रस्थानका लागि उडान अनुमति प्रदान गरिएको बताइएको छ ।