प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७८

काठमाडौं । नेकपा ९एमाले०को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २: ०० बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।