तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७८

काठमाडौं । तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन  सिलिन्डर आयात हुन थालेको छ ।  नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको  ५६० थान अक्सिजन  सिलिन्डर आयात  भएको  जानकारी दिनुभयो। । उहाँका अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।

पहिलो  पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा  आयात  भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताउनुभयो ।

चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस  सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमको भनाइ छ ।  सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश  शेर्पाका अनुसार चिनियाँ  क्षेत्रमा नेपाली न्यापारीले  हजारौँ सङ्ख्यामा अक्सिजन   सिलिन्डर   ल्याउन लागेको जानकारी दिनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।