बिचौलियाको दादागिरी : डिपोबाट नै उठाउँछन् अक्सिजन सिलिन्डर

बिचौलियाको दादागिरी  : डिपोबाट नै उठाउँछन् अक्सिजन सिलिन्डर

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७८

काठमाडौं । कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ । अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन् ।

यसो हुनुमा अक्सिजन उद्योग तथा डिपोमा बिचौलियाको चलखेलले काम गरेको गुनासो उनीहरूको छ। त्यसै त कोटा आवश्यकभन्दा कम छ, त्यसमा पनि कम सिलिन्डर उपलब्ध हुँदा स्वास्थ्य संस्थामा उपचाररत कोरोना संक्रमित बिरामी अत्यन्त जोखिममा परेको अस्पतालहरूले जनाएका छन् ।  

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका लागि स्वास्थ्य मन्त्रालयले दैनिक २ सय सिलिन्डर कोटा छुट्याएको छ । तर अस्पतालले १ सय १० सिलिन्डर मात्रै पाउँछ । यो अस्पताललाई पनौतीस्थित नवज्योति अक्सिजन प्रालिले अक्सिजन उपलब्ध गराउँछ ।

कम्पनीले कोटाअनुसार अक्सिजन नपठाएपछि केही दिनअघि अस्पतालका निर्देशक डा. दिनेश काफ्ले कम्पनीमै पुगेका थिए। सोधपुछ गर्दा कम्पनीले स्थानीयलाई अक्सिजन दिएको बताएको निर्देशक काफ्लेले सुनाउनुभयो  । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार तीनकुनेस्थित डिपोबाटै बिचौलियाले सिलिन्डर उठाउने गरेको पाइएको छ। ‘कम्पनीमा बिचौलियाले दादागिरी देखाउने, डिपोबाट पनि सिलिन्डर उठाउने गरेको सूचना आएको छ ।   यो समाचार आजको नागरिक दैनिकमा छ ।