नेपाली कांग्रेस शुक्लाफाँटाद्वारा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

नेपाली कांग्रेस शुक्लाफाँटाद्वारा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७८

कञ्चनपुर । नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले बिहीबार पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई समितिका सभापति जयबहादुर बिष्टले प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभयो ।

नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको विष्टले बताउनुभयो ।

सामग्री ग्रहणपछि प्रमुख ऐरले नगरले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताउनुभयो । नगरपालिकालाई उपलब्ध गराईएका सामग्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य नारायण प्रकास ९एनपी० साउदको पहलमा उपलब्ध गराईएको सभापति बिष्टले जानकारी दिनुभयो ।