विपद्मा जनताको साथमा रहने नेपाली कांग्रेसको प्रतिबद्वता

विपद्मा जनताको साथमा रहने नेपाली कांग्रेसको प्रतिबद्वता

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७८

कास्की । कोरोना महामारीसँगै सम्भाव्य प्राकृतिक विपद्का समयमा जनताको साथमा रहने प्रतिबद्वतासहित नेपाली कांग्रेस कास्कीले बिहीबारदेखि छलफल थालेको छ । जिल्लाका छवटै प्रदेशसभा क्षेत्रका नेता तथा कार्यकर्तासँग छलफल गरी विपद्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा आवश्यक निर्णयमा पुगिने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।

कोराना महामारी र वर्षा यामसँगै बढ्ने बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भन्ने सम्बन्धमा पार्टी गम्भीररूपमा छलफलमा जुटेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले बताउनुभयो । कांग्रेस कास्की क्षेत्र नं १ प्रदेश ९क० बाट छलफल शुरु गरेको जानकारी दिँदै उहाँँले प्राप्त सुझावका आधारमा आवश्यक निर्णयमा पुगिने बताउनुभयो ।

छलफलमा कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परियार, पूर्वमन्त्री यज्ञबहादुर थापालगाायतले जिम्मेवार पार्टी जनतालाई समस्या पर्दा सहयोगमा जुट्नुपनेमा जोड दिँदै कोरोना महामारीको समयमा कस्कीले प्रशंसनीय कार्य गर्दै आएको बताउनुभयो । यसअघि वैशाख २६ गतेको पार्टीको जिल्ला कार्यसमितिको बैठकबाट कोरोना सङ्क्रमित बिरामीको सहजताका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको कांग्रेसले जेठ १ गतेदेखि एम्बुलेन्सले सेवा दिइरहेको छ ।