शेरबहादुर देउवा र केपी ओलीद्वारा प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत

शेरबहादुर देउवा र केपी ओलीद्वारा प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७८

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रनेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि  प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका  छन् ।

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

देउवाको पक्षमा १४९ सांसदले हस्तक्षरसहित  दावी गरेका हुन् ।  २०७८ जेठ ७ गते शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटाउन सफल भएका थिए । 

यसरी हस्ताक्षर गर्नेहरुमा  कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेकाे जानकारी दिइएकाे छ ।  ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी चार बज्नु भन्दा अगाडि नै  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।

देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् ।