१४६ सांसदद्वारा सर्वोच्च अदालतमा रिट: देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग (रिटसहित)

१४६ सांसदद्वारा सर्वोच्च अदालतमा रिट: देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग (रिटसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७८

काठमाडौँ । संसद् विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय खारेज, संसद् अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश  माग गर्दै नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेता शेरबहादुर देउवा सहित १४६ सांसदद्वारा सर्वोच्च अदालतमा  रिट  दायर गरेका छन् । 

यसरी मुद्दा दायर गर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, झलनाथ खनाल लगायत  १४६ सांसदले हस्ताक्षर गरेका छन्। 

विपक्षी गठबन्धनका सांसदहरूले संसद् पुनर्स्थापना गर्न र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो । । त्यसका लागि स्वयं नेताहरू अदालतमा नै उपस्थित भएका थिए । 

शुक्रवार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट दायर गरेका हुन ।