आईएनजीओको २३ अर्ब लगानी वालुवा पानी

आईएनजीओको २३ अर्ब लगानी वालुवा पानी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

काठमाडौं । गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा २३ अर्ब बराबरको रकम खर्चेर कार्यक्रम सञ्चालन गरे पनि देश र जनताको हितमा तात्विक उपलब्धि नभएको पाइएको छ ।

२३ देशका ९८ गैरसरकारी संस्थाले नेपालको विभिन्न क्षेत्रमा २३ अर्व ६ करोड ७४ लाख रुपयाँ कार्यक्रम स्वीकृत गरे पनि त्यसले अपेक्षित नतिजा हासिल गर्न नसकेको महालेखा परीक्षण कार्यालयको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा समाज कल्याण परिषदबाट ती गैरसरकारी संस्थाले कार्यक्रम सञ्चलानर्थ स्वीकृित लिएका थिए । ती संस्थाको १ वर्षदेखि ५ वर्षभित्र खर्च गर्ने र अनुगमन हुने गरी प्रस्ताव र स्वीकृत भई मन्त्रालयमा पेश भएको थियो ।

अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, भूकम्प प्रभावित व्यक्ति, समुदाय विकास मानव तस्करी लगायतका क्षेत्रमा प्रस्ताव गरेअनुसार २१ अर्व ६ करोड७४ लाख स्वीकृत गरेको देखिएको छ तर गएको आर्थिक वर्षमा परियोजना प्रस्ताव भएअनुसार खर्च गरे÷नगरेको अनुगमन भएको पाइएको छैन । यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा प्रकाशित छ ।