शान्ति र लोकतन्त्रको आवरणमा हतियारको धन्दा: इजरायललाई अमेरिकाले आर्थिक सहयोगको रहस्यवाद !

लोकसंवाद टिप्पणी

शान्ति र लोकतन्त्रको आवरणमा हतियारको धन्दा: इजरायललाई अमेरिकाले आर्थिक सहयोगको रहस्यवाद !

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ १२, २०७८

इजरायल र प्यालेस्टाइन विच गत साता करिब ११ दिनको युद्धपछि युद्धविराम भएको छ । यो युद्धविरामका लागि अमेरिकाले नै भूमिका खेल्यो र अमेरिकाले नै भन्यो प्यालेस्टाइनले दुई राष्ट्रको मान्यता स्वीकार गर्नैपर्छ । यो एकातिर युद्धविराम गरेजस्तो गर्ने र अर्कोतिर प्यालेस्टाइनमाथिको हस्तक्षेपलाई जारी राख्ने रणनीति अन्तर्गत युद्धविराम गरिएकाे छ ।  मध्यपूर्वमा रहेको यो यहुदी राष्ट्रलाई अमेरिकाले लामो समयदेखि सहयोग गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अब उनकै डेमोक्रेटिक पार्टीका नेताहरुले इजरायललाई दिइने गरेको आर्थिक सहयोगका बारेमा प्रश्न उठाउन थनलेका छन्। वरिष्ठ सिनेटर बर्नी स्यान्डर्सले अमेरिकाले दिएको पैसा कहाँ खर्च हुन्छ भनेर नजर राख्नुपर्ने तर्क अगाडि सारेका छन् । 

कति पैसा दिन्छ अमेरिकाले ?

सन् २०२० मा अमेरिकाले ३.८ बिलियन डलर आर्थिक सहयोग दिएको थियो । यो लामो समयका लागि इजरायलमा जाने आर्थिक प्याकेजको हिस्सा मात्र हो । ओबामाको कार्यकालमा नै सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । ओबामा सरकारले सन् २०१६ मा ३८ बिलियन डलरको प्याकेज सम्झौता गरेको थियो । जसको अवधि २०१७–२०२८ सम्म छ। यो रकम अघिल्लो दशकको तुलनामा ६ प्रतिशत बढी हो । यसका साथै गत वर्ष अमेरिकाले शरणार्थीलाई बसाउनका लागि ५ मिलियन डलर सहयोग गरेको थियो । इलरायलले अन्य देशबाट आउने यहुदीलाई बसोबासको व्यवस्था गर्दै आएको छ ।

इजरायलसँग आइरन डोम नामको मिसाइल डिफेन्स सिस्टम पनि छ । यसले आफ्नो र प्रहार गरेको मिसाइललाई हावामा नै नष्ट गरिदिन्छ । इजरायललाई दिएको ३.८ बिलियनमध्ये ५०० मिलियन डलर यो मिसाइल डिफेन्सका लागि थियो । यसमा आइरन डोम बनाउनका लागि लगानी समेत सामेल गरिएको थियो । सन् २०११ देखि अमेरिकाले इजरायलको आइरन डोम बनाउनका लागि १.६ बिलियन डलर लगानी गरिसकेको छ ।

अमेरिकाले केही वर्षमा इजरायलको सेनालाई संसारको उन्नत सेना बनाउनमा सहयोग गर्दै आएको छ । अमेरिकी सहयोगले इजरायलले अमेरिकाबाट सैनिक सामग्री खरिद गर्नेगर्छ । इजरायलले ५० एफ–३५ विमान खरिद गरेको छ । जसको प्रयोग मिसाइल हमलाका लागि गरिन्छ । यसमा २७ डेलिभरी भइसकेको छ । हरेक विमानको मूल्य १०० मिलियन डलर हो । गत वर्ष इजरायलले आठ केसी–४६ ए बोइङ पीगेसस विमान खरिद गरेको थियो । जसको मूल्य २.४ बिलियन डलर पर्छ । यो एफ–३५ जस्ता विमानले हावामै इन्धन भर्न सक्छन् ।

इजरायलसँग आइरन डोम नामको मिसाइल डिफेन्स सिस्टम पनि छ । यसले आफ्नो र प्रहार गरेको मिसाइललाई हावामा नै नष्ट गरिदिन्छ । इजरायललाई दिएको ३.८ बिलियनमध्ये ५०० मिलियन डलर यो मिसाइल डिफेन्सका लागि थियो । यसमा आइरन डोम बनाउनका लागि लगानी समेत सामेल गरिएको थियो । सन् २०११ देखि अमेरिकाले इजरायलको आइरन डोम बनाउनका लागि १.६ बिलियन डलर लगानी गरिसकेको छ । यसका साथै इजरायलले अमेरिकासँग सैन्य प्रविधिमा काम गर्न पनि लाखौं लगानी गरेको छ । इजरायलले सैन्य उपकरण र तालिममा अत्यधिक खर्च गर्दै आएको छ । सानो देश भएपनि आफ्नो रक्षा प्रणाली राम्रो बनाउनका लागि सहयोगलाई उपयोग गर्दै आएको छ ।

दोस्रो विश्वयुद्धपछि अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहयोग इजरायललाई दिएको छ । युएसएडका अनुुसार सन् २०१९ मा इजरायललाई अफगानिस्तानपछि सबैभन्दा बढी सहयोग दिएको थियो । अमेरिकाले अफगानिस्तानलाई दिएको सहयोगको ठूलो हिस्सा अमेरिकी सैन्य अभियानमा खर्च भयो । जसको उद्देश्य देशमा स्थिरता ल्याउनु थियो । तर यस वर्षको सेप्टेम्बरमा अमेरिकी सेना फिर्ता हुने भएकाले २०२१ क लागि ३७० मिलियन डलर मात्रै माग गरेको छ । मध्यपूर्वमा अन्य देशको तुलनामा इजरायलले नै सबैभन्दा बढी सहयोग पाउने गर्छ । इजिप्ट र जोर्डनले पनि अमेरिकाबाट ठूलो आर्थिक सहयोग पाउने गरेका छन् । दुवै देशसँग इजरायलको युद्धपछि शान्ति सन्धि भएको छ । दुवै देशले अमेरिकाबाट १.५ मिलियन डलरको सहयोग पाउछन्। यसका साथै संयुक्त राष्ट्रसंघको एजेन्सीले प्यालेस्टिनी शरणार्थीलाई पनि सहयोग गर्छ । तर प्यालेस्टाइनलाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोग रोकेका थिए । बाइडेनले फेरि २३५ मिलियन डलर दिन सुरु गरेका छन्।

अमेरिकाले इजरायललाईदोस्रो विश्वयुद्धपछि अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहयोग दिनुको कारण भनेको सन् १९४८ मा एक अलग यहुदी देश बनाउनका लागि सहयोग गर्ने भरोसा दिएको थियो । यसका साथै इजरायललाई अमेरिकाले मध्यपूर्वको महत्वपूर्ण सहयोगीका रुपमा लिन्छ–जो ‘एक साझा लक्ष्य र लोकतान्त्रिक मूल्यका लागि प्रतिबद्ध छ ।’

यूएस कंग्रेसनल रिसर्ज सर्भिसका अनुुसार, ‘अमेरिकी विदेशी सहयोगले यो सम्बन्ध राम्रो बनाउनमा योगदान दिएको छ । अमेरिकी अधिकारी र नेता लामो समयदेखि इजरायललाई यो इलाकाको एक महत्वपूर्ण सहयोगी मान्छ ।’

इजरायललाई अमेरिकाले दिने गरेको ठूलो आर्थिक सहयोगमाथि प्रश्न पटक पटक उठ्ने गरेका छन् । सिनेटर स्यान्डर्ससहित डेमोक्रेटिक पार्टीका केही सदस्यले ७३५ मिलियन डलरको सैन्य उपकरण बिक्री रोक्ने कोशिस गरिरहेका छन् ।