फेसबुकका मालिक जुकरबर्गको सम्पत्तिमा ४ अर्ब डलर वृद्धि

फेसबुकका मालिक जुकरबर्गको सम्पत्तिमा ४ अर्ब डलर वृद्धि

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

काठमाडौं । बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धिसँग कम्पनीका सिइओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ । जुकरबर्ग फेसबुकमा सर्वाधिकार बढी सेयर भएका व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनियर सूचीका अनुसार विश्वकै पाँचौँ धनी जुकरबर्गको कुल सम्पत्ति ७५.५ अर्ब डलर पुगेको छ । 

जुकरबर्गको कुल सम्पत्ति चार महिनाको अवधिमा २३.५ अर्ब डलर बढिसकेको छ । गत वर्ष डाटा गोपनीयता जस्तो विवादका कारण फेसबुकको सेयरमा ठुलै गिरावट आएको थियो । यसले गर्दा जुकरबर्गको सम्पत्तिमा २०१८ मा जुकरबर्गको सम्पत्तिमा २० अर्ब डलरको कमी आएको थियो । 

बिलिनियर सूचीमा समावेश ५ सय धनीमा जुकरबर्गलाई यो वर्ष सर्वाधिक फाइदा भएको थियो । फ्रान्सका बर्नाड आरनउल्टको सम्पत्तिमा २१.७ अर्ब डलरले वृद्धि भएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।