हैदरावादविरुद्ध राजस्थानको जित, प्लेअफको सम्भावना कायमै

हैदरावादविरुद्ध राजस्थानको जित, प्लेअफको सम्भावना कायमै
हैदरावादविरुद्ध सट प्रहार गर्दै राजस्थान रोयल्सका सञ्जु सैमसन । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १५, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी प्रतियोगितामा राजस्थान रोयल्सले पाँचौ जित दर्ता गरेको छ । १२ खेलबाट १० अंक जोडेको राजस्थानको प्लेअफको सम्भावना कायमै छ । 

शनिबार राती सम्पन्न खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्यो । राजस्थानले १९.१ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । राजस्थानका सञ्जु सैमसनले नटआउट रहँदै ४८ रनको पारी खेले । यस्तै, लाइम लिभिङस्टोनले ४४, अजिक्या रहानले ३९, कप्तान स्टिभ स्मिथले २२ रनको पारी खेले । 

हैदरावादको सकिब अल हसन, रासिद खान र खलिल अहमदले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको हैदरावादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६० रन जोडेको थियो । हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ६१ रन जोडे । त्यस्तै डेभिड वार्नरले ३७, रासिद खानले १७ र कप्तान केन विलियम्सनले १३ रनको योगदान दिए ।

हैदरावादको ब्याटिङ ध्वस्त गर्न जयदेव उनादकट, ओसाने थोमस, श्रेयस गोपाल र वरुण आरोनले समान दुई विकेट लिए ।