मालीमा जारी सैनिक क्रियाकलापप्रति निगरानी : राष्ट्रसंघीय महासचिव

मालीमा जारी सैनिक क्रियाकलापप्रति निगरानी : राष्ट्रसंघीय महासचिव

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ १२, २०७८

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मालीमा जारी रहेको सैनिक क्रियाकलापहरुप्रति निगरानीलाई कायमै राखिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसका प्रवक्ताले मंगलबार सो जानकारी गराउनुभएको हो । उहाँका अनुसार मालीको पछिल्लो अवस्थाका बारेमा राष्ट्रसंघीय महासचिव गुटेरसले निकै नजिकबाट नियालीरहनु भएको छ ।

मालीको सैनिक सरकारले पछिल्लो समयमा यहाँका नागरिक नेताहरुलाई थुनामा राखेको छ । तर उनीहरुको रिहाइ गर्नुपर्ने भन्दै पछिल्लो समयमा संयुक्त राष्ट्रसंघ र विश्वका अरु देशले पनि माग गरको छन् ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले मालीको बारेमा महासचिव गुटरेसलाई राम्रोसम्ग ब्रिफ गरिएको छ र यस विषयमा उहाँलाई पूर्ण जानकारी रहेको बताउनुभएको छ ।

त्यसैले महासचिव गुटरेसले मालीको सैनिक सरकारले यहाँका नागरिक आन्दोलनका नेताहरुलाई नियन्त्रणमा लिएको भन्दै उनीहरुलाई जतिसक्दो चाँडो रिहा गर्नुपर्ने माग गर्नुभएको छ । मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पनि रहेको छ । सो मिसनमार्फत् महासचिव गुटरेशले धेरै कुरा जानकारीमा लिनु भएको पनि उहाँका महासचिव डुजारिकले मंगलबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।