आयोगका पाँच पूर्वप्रमुख आयुक्तद्वारा मतदातालाई प्रभावित गर्ने बजेट नल्याउन ध्यानकर्षण (आग्रहसहित)

आयोगका पाँच पूर्वप्रमुख आयुक्तद्वारा मतदातालाई प्रभावित गर्ने बजेट नल्याउन ध्यानकर्षण (आग्रहसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७८

काठमाडौँ । निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तले कामचलाउ केपी सरकारले आगामी वर्षको बजेट  ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनको लागि समान प्रर्तिस्पर्धाकाे सिद्धान्त भित्र रही मतदाता कुनै एक पक्षमा प्रभाव पर्ने गरी लक्षित कुनै  नयाँ  नीति तथा कार्यक्रम  वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

पूर्व प्रमुख सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले ओली सरकारको ध्यानाकर्षण गराउँदै मतदाता प्रभाव पार्ने कुनै निर्णय नगर्न सल्लाह दिएका हुन् ।