‘एभेन्जर्स इण्ड गेम’को तहल्का

‘एभेन्जर्स इण्ड गेम’को तहल्का

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख १५, २०७६

हलिउड फिल्म ‘एभेन्जर्र्स इण्ड गेम’ले भारतमा ‘ओपनिङ डे’मा गर्ने व्यापारका सबै पुराना रेकर्ड ध्वस्त गरेको छ । यसअघि यो रेकर्ड अमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को नाममा थियो । अमिरको फिल्मले पहिलो दिनमा भा.रू. ५२.२५ करोड संकलन गरेको थियो ।

मुम्बई । भारतमा प्रदर्शित गरिएको हलिउड फिल्म ‘एभेन्जर्स इण्ड गेम’ले पहिलो दिनको कमाईको मामलामा पुराना सबै रेकर्ड ध्वस्त गरेको छ । 

भारतमा अंग्रेजी, हिन्दी, तमिल र तेलगु भाषामा अप्रिल २६ मा फिल्म रिलिज गरिएको हो । फिल्मले पहिलो दिनमा नै भा.रू. ५३.१० करोड संकलन गरेको छ । कुनै पनि बलिउड तथा हलिउड फिल्मले पहिलो दिनमै संकलन गरेको रकममध्ये यो सबैभन्दा बढी हो ।

यसअघि ‘ठग्स अफ हिन्दुस्तान’ ले सबैभन्दा बढी ५२.२५ करोड संकलन गरेको थियो । शुक्रबार रिलिज भएको यो फिल्मले दोस्रो दिन शनिबार पनि ‘बम्पर कलेक्सन’ गरेको छ । शनिबार यस फिल्मले ५१.३० करोड ‘कलेक्सन’ गरेर दुई दिनमै १०० करोडको क्लबमा प्रवेश गरेको छ । 

यसैगरी विदेशी फिल्मका लागि सबैभन्दा भव्य ‘ओपनिङ कलेक्सन’ यसै फिल्मको ‘प्रिक्वल’ ‘एभेन्जर्स इनफाइनिटी वार’ले ३१.३० करोड संकलन गरेको थियो ।

‘एभेन्जर्स इण्ड गेम’ अप्रिल २४ मा विश्वका २५ देशमा प्रदर्शित गरिएको थियो । यी तीन दिनमा फिल्मले ६०१ मिलियन डलर अर्थात् करिव ४२०० करोड संकलन गरेको छ । फिल्म चीनमा पनि अति सफल भएको छ । चीनमा यस फिल्मले तीन दिनमा १५०० करोड संकलन गरेको छ ।

भारतमा सर्वाधिक सफल रहेका १० हलिउड फिल्मले गरेको व्यापार यस्तो छ ।

 लाइफ अफ पाई –               ८८ करोड

 द अमेजिङ स्पाइडर म्यान –       ९६ करोड

 स्पाइडरम्यान–३  –               १०० करोड

२०१२ –                        १०२ करोड

एभेन्जर्र्स एज अफ अल्ट्रान –        १११ करोड

अवतार –                       १४५ करोड

जुरासिक वल्र्ड –                 १५२ करोड

फ्युरियस –                      १७२ करोड

जंगल बुक –                     १८८ करोड

एभेन्जर्स इन्फानिटी वार –       २२२.६९ करोड

– एजेन्सीको सहयोगमा