अमेरिकाका दुईसय कम्पनी भारत आउन इच्छुक

अमेरिकाका दुईसय कम्पनी भारत आउन इच्छुक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

अमेरिकाका दुईसय कम्पनी भारतलाई ‘मेन्यूफैक्चरिंग हब’ बनाउन इच्छुक रहेका छन् । भारतीय चुनाव पछि यी कम्पनी चीनबाट आफ्नो ‘प्रोजेक्ट’ भारत स्तानान्तरित गर्न चाहन्छन् ।

वाशिंगटन, एजेन्सी, अमेरिकाका करिव दुईसय कम्पनी आफ्नो प्रोजेक्ट भारतमा ल्याउन इच्छुक रहेका छन् । भारतमा चलिरहेको चुनाव पछि यी कम्पनीले आफ्नो व्यवसाय भारतमा स्थापित गर्ने चासो देखाएका छन् ।

भारत र अमेरिकी सम्बन्धलाई बलियो बनाउन सक्रिय रहेको स्वयंसेवी समूह  ‘यूएस–इण्डिया स्ट्रेटिजिक एण्ड पार्टनरशिप फोरम’ ले यसको खुलासा गरेको हो । फोरमले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यी कम्पनीहरुले चीनको विकल्प खोजिरहेका छन् र भारतप्रति उनीहरुको चासो छ ।’

समूहका अध्यक्ष मुकेश अधीले भने, ‘कैयौं कम्पनीले मसँग कुरा गरेका छन्, उनीहरुले निवेशको लागि चीनको विकल्पमा भारतलाई रोजेका छन् ।’

मुकेश अधीले भारतमा नयाँ बन्ने सरकारलाई यसको प्रक्रिया सुधार्न र निर्णय प्रक्रियामा पारदर्शिता एवं गति ल्याउन सुझाव दिएका छन् ।

मुकेशका अनुसार, यो महत्वपूर्ण एवं सम्वेदनशील मुद्धा हो । म नयाँ बन्ने सरकारलाई यस सम्बन्धमा एक देखि डेढ वर्ष भित्रमा पारदर्शिता ल्याउन सुझाव दिन्छु ।

भारतलाई विदेशी निवेश आकर्षित गर्ने यो ठूलो अवसर हो । नयाँ बन्ने सरकारले यसका लागि द्रुत गतिले काम गर्नुपर्छ । उनका अनुसार भारत र अमेरिकाकाबीच खुला व्यपार सम्झौता लागु हुनु पर्दछ ।