सीताराम नेपाल | साहित्य | जेठ १५, २०७८
नेता मुसुक्क
दाउपार्ने छिमेकी
सीमा भुसुक्क ।
परिश्रमी म
रातदिन नभनी
पहाड फोर्छु ।
बादलदेखि
प्रफुल्लित किसान
बस्र्यो असिना ।
विचार भाँचे
सिद्धान्त पोली खाए
सत्तालिप्साले ।
पद पसारो
लोभीपापी भुतुक्क
परे पासोमा ।
घमण्ड गर्थेँ
मेरो घर चट्टानी
रैछ सपनी ।
धुम्म बिहानी
जुट्नु फुट्नु शुकार्य
गौरबगाथा ।
एकैआँते ती
बेमेल पराकाष्टा
सधैँनै जात्रा ।
पालेको सर्प
दुधभात खुवाइ
डस्यो अहिले ।
खाल्डो गहिरो
स्खलित आस्था थप्दा
हार्यो सिद्धान्त ।
(अप्रिल ३–५,०२१)