चार सहकारी संस्थाद्वारा नेपाल–कोरिया अस्पताललाई ४ थान 'पेसेन्ट मनिटर' प्रदान

चार सहकारी संस्थाद्वारा नेपाल–कोरिया अस्पताललाई ४ थान 'पेसेन्ट मनिटर' प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७८

भक्तपुर । मध्यपुर थिमिमा रहेका  ४ वटा सहकारी संस्थाहरूले मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, थिमिलाई ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको  स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

 २०७८ जेठ १५ गते शनिवार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा स्वास्थ्य सामग्री पेसेन्ट मनिटर ४ थान अस्पतालका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई सहकारीका अध्यक्षहरूले हस्तान्तरण गर्नु भएकाे  थियो । 

स्वास्थ्य सामग्री सहयोग गर्ने  सहकारीहरुमा बाबा बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.  का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राकेश श्रेष्ठ रहनु भएकाे छ । 

सो कार्यक्रममा अस्पतालका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले कोभिड–१९ को दोस्रा लहरले यस भेगमा पनि सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि भएको र सो बुद्धिलाई अस्पतालको स्रोत र साधनले भ्याएसम्म उपचार गरी जनताको ज्यान बचाउन लागि परेको जानकारी दिनुभएकाे थियो । उहाले यस  नगरको सहकारीहरूको स्वास्थ्य सामग्री अन्तरगतको पेसेन्ट मनिटरको सहयोगले बिरामीको उपचार गर्न चिकित्सकहरूलाई सहज र निर्णय लिन मदत पुग्ने विश्वास व्यक्त गर्नु भएको थियाे  ।