नेपाल प्रहरी र सशस्त्रको राशन भत्ता १५ प्रतिशतले वृद्धि

नेपाल प्रहरी र सशस्त्रको राशन भत्ता १५ प्रतिशतले वृद्धि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १६, २०७८

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मनोबल उच्च राख्न हाल खाइपाइआएको राशन भत्तामा १५ प्रतिशतले वृद्धि भएको छ। सुरक्षाकर्मीले सुगम, दुर्गम र अति दुर्गम जिल्लाका आधारमा राशन भत्ता पाउने गर्छन्।

आव २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेनाको बङ्करदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन तथा भौतिक पूर्वाधार निर्माणका लागि थप बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, विपत् व्यवस्थापनका लागि आवश्यक रणनीति, पूर्वतयारी, खोज उद्धार र राहतको व्यवस्थालाई पनि प्रभावकारी तुल्याइने भएको छ। यसका लागि अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गरिने बजेटमा उल्लेख छ ।