कोरोना संक्रमणबाट गायिका राईको निधन

कोरोना संक्रमणबाट गायिका राईको निधन

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ १६, २०७८

काठमाडौं । गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गर्नुभएको छ ।
‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’

गायक अशोक मुकारुङले गायिका राईको निधन कोरोनाका कारण भएको बताउनुभएको छ ।‘नआउ सपना भरी’, ‘तिमीले दिएका वेदना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’, ‘सुन कोशीको सङ्लो पानी’, ‘झारेको आँशु’, ‘तिम्रो माया’, ‘साउने भेलले’लगायतका गीतहरु गायिका लासिमितका लोकप्रिय छन् । यी बाहेक उनका थुप्र गीत सांगीतिक बजारमा आएका छन् ।