‘मन्दिरको जग्गा हडपेर निजी घर’

‘मन्दिरको जग्गा हडपेर निजी घर’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

जनकपुर -  प्राचीन मिथिलाको राजधानी जनकपुरले यति बेला प्रदेश २ को अस्थायी राजधानीको पहिचान पाएको छ। त्रेता युगदेखि नै धार्मिक पहिचान बनाउन सफल यो नगरले नेपालका सबै राजनीतिक परिवर्तनमा कुनै न कुनै योगदान दिइरह्यो। प्रदेशको नामकरण र भाषा सम्बन्धमा प्रदेशसभाले निर्णय गर्न त्यति सहज नभए पनि प्रादेशिक राजधानी जनकपुर तोकिँदा कसैले खुलेर विरोध गर्न सकेको छैन।

पाइलापाइलामा मठमन्दिर भेटिने यस सहरको नाम पछिल्लो स्थानीय निर्वाचनपछि ‘जनकपुरधाम’ कायम गरिएको छ। ऐतिहासिक मठमन्दिर र ताल–सरोवरको अस्तित्व बचाउन सकिएन भने ‘धाम’ को अर्थ रहँदैन। यसप्रति जनकपुरधाम उपमहानगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र नेपाल गुठी संस्थान चिन्तित छन्। तर यो चिन्ता देखावटीमात्रै साबित भएको छ। ऐतिहासिक पहिचान सखाप भइरहँदा पनि सरोकारवाला निकायको मौनताले यस्तै महसुस भएको छ। मठमन्दिर र सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण रोक्न मठमन्दिरको व्यवस्थापन गर्न न गुठी संस्थानले सक्रियता देखाएको छ न बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले नै। यस्तै बेवास्ताको नियति भोग्दै आएको छ– बिरख कुटी मन्दिरले। याे समाचार आजको नागरिक दैनिकमा छ ।