खुलामञ्चमा ठेकेदारकै दबदबा

खुलामञ्चमा ठेकेदारकै दबदबा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

काठमाडौं । टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइवुड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए । यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे ।

यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे । सबैतिर महानगरपालिकाले शनिबार डोजर लगाई संरचना भत्काएकै चर्चा थियो । व्यापारी तथा सर्वसाधारण यसैबारे छलफल गरिरहेका थिए तर पीडित व्यापारी भने कतै देखिएनन् । 

‘मलाई पनि १२ लाख रुपैयाँ सलामी र १२ हजार मासिक भाडा तिर्ने गरी सटर लिन ती मान्छेले भनेका थिए, ’ वषपार्क क्षेत्रमा घडी तथा इलेक्ट्रोनिक्स सामान बेच्दै आएका एक व्यवसायीले भने,‘तर मैले सकिनँ । तिरेको भए डुब्ने रहेछ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।