‘जनताको मनबाट ओली सरकार हट्यो’

‘जनताको मनबाट ओली सरकार हट्यो’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार पूर्वारूपमा असफल भएको निष्कर्ष निकालेको छ। संसद् अधिवेसन सुरु हुनु एक दिनअघि आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार अनियमिता जस्ता कुराले ओली नेतृत्वको सरकार जनताको मनबाट हटिसकेको ठहर गरेको हो।

‘सांसदको संख्याका आधारमा ओली अहिले पनि प्रधानमन्त्रीको कुर्सीमा भए पनि जनताको मनबाट अहिलेको सरकारप्रतिको विश्वास र भरोसा समाप्त भएको छ,’ कांग्रेस सांसद् प्रकाश स्नेहीले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा बसी राख्ने नैतिकता ओलीलाई अब छैन।’ सरकार लोकतान्त्रिक मूल्य मान्यता भत्काउँदै अघि बढेको आरोप लगाउँदै कांग्रेसले बालुवाटारदेखि खुला मञ्चसम्मका जग्गा पार्टीका नेता तथा कार्यकर्ताको नाममा पार्न लागिपरेको जनाएको छ। पुँजीवादको विरोध गर्ने र सम्पूर्ण पार्टीका साथै नेता/कार्यकर्ता त्यसकै पक्षमा रहेको कांग्रेस नेताको आरोप छ। आजको नागरिक दैनिकमा खबर छ ।