श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

काठमाडौं । श्रीलंकामा सोमबारदेखि बुर्का लगाउन प्रतिबन्ध गरिएको छ । 

श्रीलंकामा भएको आतंककारी हमलापछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संविधानले दिएको आपतकालीन अधिकार प्रयोग गर्दै बुर्कासहित हरेक प्रकारका नकाब (अनुहार छोप्ने पहिरन) लगाउन प्रतिबन्ध लगाएका छन् । 

‘सोमबारदेखि अनुहार पूरै छोप्ने पहिरन लगाउन प्रतिबन्ध गरिएको छ,’ राष्ट्रपति सिरिसेनाले आफ्नो ट्विटर ह्यान्डलमा ट्विट गरेका छन् । 

श्रीलंकामा केही दिनअघि भएको आतंककारी हमलापछि सुरक्षाका कारण बुर्का लगाउन प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पेश भएको थियो । 

श्रीलंकाका अलावा कैमरुन, मोरक्को, चाड, अस्ट्रिया, बुल्गारिया, गाबोन, फ्रान्स, बेल्जियम, डेनमार्क तथा उत्तर–पश्चिम चीनको मुस्लिम बहुल प्रान्तमा बुर्का लगाउन प्रतिबन्ध छ ।