कोलकाताको हारको यात्रामा पूर्णविराम, मुम्बईलाई हराउँदै अंकतालिकामा पाँचौं

कोलकाताको हारको यात्रामा पूर्णविराम, मुम्बईलाई हराउँदै अंकतालिकामा पाँचौं
मुम्बई इण्डियन्सविरुद्ध सट प्रहार गर्दै कोलकाता नाइट राइडर्सका कप्तान दिनेश कार्तिक । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १६, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राती भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ३४ रनले हराएको छ । 

कोलकाताले लगातार छैठौं खेलपछि जित निकालेको हो । यससँगै कोलकाता अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको हो ।

२३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १९८ रनमा समेटिएपछि कोलकाताले लगातार छैठौं हारपछि जित निकालेको हो । मुम्बईका अलराउन्डर हार्दिक पाण्ड्याले ३४ बलमा ९१ रनको आक्रामक पारी खेले पनि टिमलाई जिताउन सकेनन् । पाण्ड्याले ६ चौका र ९ छक्का प्रहार गरे । उनी १७.६ ओभरमा ह्यारी गुन्नीको बलमा आन्द्रे रसलद्वारा समातिए । 

मुम्बईका सूर्यकुमार यादवले २६, कुर्णाल पाण्ड्याले २४ र क्यारोन पोलार्डले २० रन जोडे । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको कोलकाताले आन्द्रे रसलको आक्रामक ब्याटिङको मद्दतमा दुई विकेट गुमाएर २३२ रन जोडेको थियो । रसलले ४० बलमा ८० रनको पारी खेले । यस्तै, प्रारम्भिक ब्याट्सम्यान शुभमान गिलले ७६ रन र क्रिस लिनले ५४ रन जोडे । 

मुम्बईका हार्दिक पाण्ड्या र दीपक चहरले समान एक विकेट लिए ।