५४ करोड फेसबुक प्रयोगकर्ताको डाटा लिक

५४ करोड फेसबुक प्रयोगकर्ताको डाटा लिक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

लोकप्रिय सोसल मिडिया फेसबुक प्रयोगकर्ताको डाटा लिक भएको छ । 

सन् २०१८ मा कैम्ब्रिज एनालिटिका डाटा लिक पश्चात फेरी एकपटक फेसबुकको डाटा लिक भएको छ । साइबर सेक्युरिटी फर्म अपगार्डले फेसबुकको डाटा लिक भएको खुलासा गरेको छ । अपगार्डका अनुसार फेसबुक प्रयोगकर्ताको डाटा थर्ड पार्टी पब्लिक सर्वर मा सेभ हुनपुग्यो जसका कारण प्रयोगकर्ताको डाटा लिक भएको हो ।   डाटा लिक भएपनि सेक्युरिटी फर्मले त्यसको दुरुपयोग भए नभएको बारे अहिलेसम्म जानकारी गराएको छैन् ।  

रिसर्चर्स को राइट अप बमोजिम मैक्सिको बेस्ड डिजिटल मीडिया कंपनी कल्ट्रा कलेक्टिवा ले डाटा खुला राखिदएका कारण जोसुकैले यो डाटा प्रयोग गर्न सक्छन् । यी फेसबुक प्रयोगकर्ताको डाटामा लाइक, कमेंट, रियाक्सन आदि जानकारी थियो । यो डाटा अमेजन एस३ सर्वरमा कुनै पासवर्ड बिना स्टोर भएको थियो । त्यस बाहेक अर्को एक क्यालिफोर्निया बेस्ड डाटा बैंक कंपनी द पुल को सर्वरमा पनि स्टोर भएको थियो । जहाँ २२,००० युजर्सको डाटा सेभ भएको थियो । यो बैंक अप फाइलमा युजर्सको  फ्रेंड लिस्ट, इंटरेस्ट, फोटो, ग्रुप मेंबरशिप तथा चेक इन जूतो जानकारी समावेश थियो । अपगार्डको साइबर रिस्क टीमले यो जानकारी एक ब्लग पोष्ट मार्फत दिएका हुन् । 

फेसबुकले दिएको जानकारी अनुसार अमेजनसँगको कुराकानी पछि युजर्सको डाटा त्यहाँबाट हटाइएको छ । 

फेसबुकको नीति अनुसार फेसबुक प्रयोगकर्ताको कुनै पनि जानकारी सार्वजनिक डाटाबेसमा स्टोर गर्न पाइँदैन् । यसका अलावा केही समय अघि फेसबुक प्रयोगकर्ताको पासवर्ड पढ्न सकिने गरि बाहिर आएको थियो । जबकि यो पासवर्डसम्मको पहुँच त्यहाँका कर्मचारीको मात्र हुने गर्छ । फेसबुकले यो पासवर्डको दुरुपयोग नभएको जानकारी पनि गराएको छ ।