सरकारी जग्गा हिनामिनामा बाबुराम भट्टराइको पनि संलग्नता

सरकारी जग्गा हिनामिनामा बाबुराम भट्टराइको पनि संलग्नता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

बालुवाटार जग्गा प्रकरणमा सत्तासिन नेकपाका महासचिव विष्णु पौडेलको संलग्नता भेटिएपछि दोषीलाई कारवाहीको माग राख्दै बोलेका बाबुराम भट्टराईको समेत सरकारी जग्गा हिनामिनामा संलग्नता देखिएको छ । 

पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईको प्रधानमन्त्रित्व कालमा बालुवाटारको समरजंग कम्पनीका नाममा रहेको बहुप्रचारित जग्गा पशुपति टिकिन्छा गुठीको नाममा कसरी नामसारी भयो भन्ने प्रमाण प्राप्त भएका छ । 

सरकारी कम्पनी समरजंगको नाममा भएको जग्गा जालसाजी गरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गराई  रैकरमा परिणत गरेर बेचबिखन गर्ने उद्देश्य रहेको देखिन्छ ।  

पत्रको व्यहोरा यस्तो देखिन्छ 

मिति २०६९, ०४, १७ मा बसेको मन्त्रीपरिषद बैठकले पुनः नापी बमोजिम नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता भएको दर्ता सच्चयाई लगत बमोजिम श्री पशुपति टिकिन्छा गुठीको दर्ता गर्न स्वीकृती दिने भूमिसुधार तथा व्यवस्था मन्त्रालयको ९,५ २०६९,४,९ को प्रस्ताव मन्त्रीपरिषद सामाजिक समितिमा छलफल गरी पेश गर्न पठाएकोमा उक्त समितिको मिति २०६९,०६,१४ मा बसेको बैठकले पेश गरेअनुसार उक्त प्रस्ताव प्रस्तावमा लेखिए बमोजिम गर्ने भनि मुख्यसचिव लिलामणि पौडेलले हस्ताक्षर गरेको निर्णय कार्यान्वयन गराउने भन्ने पत्रमा लेखिएको छ ।  

यसै सन्दर्भलाई लिएर  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार  रहेको  सोमबार संसद बैठकमा संबोधन गर्दै  उनले भनेका छन । स‌ंसदलाई सम्बाेधन गर्दै  भट्टराईले  भने 'नियतवश संलग्नता देखियो भने म दण्ड स्वीकार्न तयार छु ।’