लोकसभा निर्वाचन २०१९ : दिउँसो ५ बजेसम्म झण्डै ५१ प्रतिशत मतदान

लोकसभा निर्वाचन २०१९ : दिउँसो ५ बजेसम्म झण्डै ५१ प्रतिशत मतदान
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

नयाँ दिल्ली । लोकसभा निर्वाचनअन्तर्गत चौथो चरणमा आज ९ राज्यका ७२ सिटमा मतदान भएको छ । महाराष्ट्रका १७, राजस्थान तथा उत्तरप्रदेशका १३–१३, पश्चिम बंगालका ८, मध्यप्रदेश तथा उडिसाका ६–६, विहारका ५ तथा झारखण्डका ३ र जम्मू–कश्मिरको अनन्तनाग लोकसभा सिटमा मतदान भएको छ । 

यी राज्यमा दिउँसो ५ बजेसम्म झण्डै ५१ प्रतिशत मत खसेको समाचार एजेन्सीले जनाएका छन् । समाचार एजेन्सीका अनुसार ती राज्यमा ५०.६ प्रतिशत मत खसेको छ । 

पश्चिम बंगालमा सबैभन्दा बढी ६६.४६ प्रतिशत मत खसेको छ । 

निर्वाचन सदनले दिउँसो ३ः४२ मा जारी गरेको सूचना अनुसार पश्चिम बंगालमा सबैभन्दा बढी ६६.०१ प्रतिशत मत खसेको उल्लेख छ । यस्तै, सबैभन्दा कम जम्मू–कश्मिरमा ८.४२ प्रतिशत मत खसेको छ ।